काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि उचालेको हो ।

नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनाएको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाए भने मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए ।

यस्तै दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्काको मद्दतमा ३३ र आशिफ शेखले एक चौका र २ छक्कासहित १६ जोडे । बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोइसेभिएनले दुई र सेबास्टिएन ब्राटले एक विकेट लिए ।

२३९ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि सेबास्टिएन ब्राटले २६, म्याक्स् ओ’डोडले २२ र कप्तान पिटर सिलारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका लागि बलिङतर्फ करन केसीले तीन, सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए विकेट लिए ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी थिए ।

थप:
टी–२० अन्तराष्ट्रियमा नेपालको नयाँ कीर्तिमान

टी–२० अन्तराष्ट्रियमा नेपालले नयाँ कीर्तिमान बनाएको छ । नेदरल्याण्ड्सविरुद्धको फाइनलमा नेपालले टी २० क्रिकेटमा अहिलेसम्म कै उच्च स्कोर बनाउन सफल भयो । जसमा नेपालले यसअघि बनाएको २३६ रनको रेकर्डलाई तोड्दै दुई सय ३८ रन बनायो । जसका कारण नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाउँदै दुई सय रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेख १६ रनमा आउट हुन पगे । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।

त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । जसमा उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । जसका कारण नेपालले एक सय ६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे । जसमा मल्लले २४ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ५० रन बनाए भने एरीले १८ बलमा पाँच चौका र तीन छक्काको सहायतामा अविजित ४८ रनको योगदान गरे ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

नेपालले यो त्रिकोणात्मक सिरिजमा तीन खेलमा दुई सय रनको आँकडा पार गरको थियो । तर फाइनलमा नेपालले नयाँ रकेर्ड बनाउन सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय