धर्मेन्द्र प्रसाद यादव  , २३ कार्तिक /  नेपाल भारत सिमा जोडिएका पर्साको बिभिन्न तीनवटा गाउँपालिकाका तीन स्थानमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट स्थापना भएको छ ।पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका, जिराभवानी गाउँपालिका तथा ठोरी गाउँपालिकाको बिभिन्न तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो ।

छिपहरमाई गाउँपालिकाको वडा नं १ ,जिराभवानी गाउँपालिका तथा ठोरी गाउँपालिकाको वडा नं ३ ब्रम्हानगरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।पर्सा जिल्लामा १० वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेकोमा छिपहरमाई, जिराभवानी तथा ठोरी गाउँपालिकामा पोस्ट स्थापना भएसँगै पर्सामा सशस्त्र प्रहरीको १३ वटा बोर्डर पोस्ट पुगेको छ ।

छिपहरमाईको वार्ड नः१ मिर्जापूरमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) लाई उद्धघाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए ।

उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआईजी ब्रम्हाचार्यले स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए ।


खुल्ला सीमानाको कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागुऔषध ओसारपसार हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू देखिएका कारण बिओपी स्थापना गर्नुपरेको उनको भनाई थियो ।

यसैगरी बिओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकोले बिओपी स्थापनाले सिमावर्ती छिपहरमाईको सिमा क्षेत्र र शान्ति सुरक्षाको अवस्था मजबुत हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रजिअ तमाङ्गले राज्यमा रहेको विकृति र विसंगति हटाउन सक्ने क्षमता नै सुरक्षा अङगको वर्दीमा हुने भएकोले बिओपी स्थापनाले छिपहरमाई क्षेत्रमा हुने सिमा अपराध, तस्करी अवैध धन्दा नियन्त्रण हुने र सभ्य समाज निर्माण हुने विचार व्यक्त गरेका थिए ।त्यस्तै अर्का विशिष्ट अतिथि छिपहरमाई गापा अध्यक्ष मनोज कुमार गुप्ताले सशस्त्र प्रहरी जनताको हितको लागि भएको उल्लेख गर्दै बिओपी स्थापनाले सिमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नपाल्न आग्रह गरे ।

उनले सिमावर्ती क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका महत्त्वपूर्ण हुने बताउदै नागरिकका व्यवहारिक पक्षलाई पनि ध्यान दिन प्रहरीसंग अनुरोध गरे ।कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाली सेनाका गणपति मदनजंग राणा, छिपहरमाईका ५ ओटै वडाका वडाध्यक्षहरु लगायत स्थानीय  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।आइतवार स्थापना भएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक भिम रानाको कमाण्डमा ४० जनाको टोलीलाई खटाइएको छ ।

यो संगै भारतसँगको सीमा जोडिएको छिपहरमाई गापामा मात्र सशस्त्र प्रहरीको बिओपी संख्या २  पुगेको छ /  हाल सशस्त्र प्रहरीलाई प्राप्त जग्गा र भवन नभएकाले वडा २  मा रहेको स्वास्थय चौकी भवन तिहूकि मा नै तत्कालका लागि बिओपी स्थापना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय