रबिन्द्र प्रजापति, २७ कार्तिक रौतहट । लामो समय देखी बन्द रहेको नेपाल भारत सिमा खुलाउन नेपाली जनताहरुले विहिवार गौर भन्सारमा गएर कडा प्रदर्शन गरेका छन् ।

बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले प्रदर्शन गरेका छन् । नेपाल भारत सिमा नाका मध्ये रौतहट जिल्लाको गौर बैरगनिया नाका आज २ बजे सम्म खोल्ने नेता रेवन्त झा , अनिल सिंह लगायत आम जनताले चेतावनी समेत दिएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण चैतदेखी नाका बन्द भएपछि स्थानीयहरु किनमेल गर्न भारततिर जना सकेका छैन् ।

रौतहटको मुख्य नाका गौर भन्सार बन्द भए पनि पूर्व तर्फको लक्ष्मीपुर बेलबिछवा र पश्चीममा महादेवपट्टी बाट भने स्थानियको आवागमन सूचारु रहेको छ । मुख्य नाका बन्द हुदा स…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय