तस्वीर : रोयटर्स

एजेन्सी । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प जाँदा सयौँ घर भत्किदा वेपत्ता भएकाहरूको अझै खोजी तथा उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतक टर्कीका २४ र ग्रिसका २ जना रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय