जनकपुरधाम । जनकपुरकाे एक हाेटलमा ग्राहको टाँउको फोडने गरि कुटपिट गरेको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरु पक्राउ परेका छन्

जनकपुरधामको केएफसी रेष्टुरेन्ट काण्डै काण्ड हुने स्थल बन्न थालेको छ ।

आज मात्रै ग्राहको टाँउको फोडने गरि कुटपिट गरेको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरु पक्राउ परेका छन् । चार पाँचजना खाजा खाइरहेको ग्राहकहरुलाई कुटपिट गर्दा एकजनाको टाँउको फुटेको छ । स्थानियले प्रह्रीलाई खवर गरेपछि रेष्टुरेन्टका सञ्चालक सत्रुधन साह र गणेश साह पक्राउ परेको बताइएको छ ।

रेष्टुरेन्ट आज मात्र होइन पटक पटक विवादमा तानिने गरेको छ । केहि दिन अगाडि मात्र एकजना युवतीलाई नशा सेवन गरापछि होटलमा लगेर बलात्कार गरेको आरोपमा सो रेष्टुरेन्टकै अर्का सञ्चालक प्रमोद यादव पनि पुर्पक्षका लागि करागारमा छन् । केहि महिना आगाडि मात्र सोहि रेष्टुरेन्टमा भएको विवाद समाधानका लागि पुगेका जसपाका युवा नेता नविन यादवलाई उल्टै फसाएर पक्राउ गर्न लगाएको थियो नविन पछि छुटेका थिए ।

धनुषा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले आज आफु पनि त्यहाँ पुगेको र समझाउदा समझाउदै आफनो अगाडीमा पनि ग्राहकलाई कुटपिट गरेको बताए । रेष्टुरेन्ट जस्तो पारिवार नै पुग्ने स्थलमा यसरी महिनै पिछे काण्ड हुनु जनकपुरधामकै लागि दुःखद रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय