जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकाका नगरवासीलाई सिरक वितरण गरीएको छ ।

धनुषाको दक्षिणी सीमावर्ती स्थानीय तह नगराईन नगरपालिकाले न्यानो सिरक वितरण गरेको छ । नगराईन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार एक कार्यक्रमबीच न्यानो सिरक बाँडेको छ ।

शुक्रबार नगराईन नगरपालिकाको वडा नम्बर ७ देवडिहास्थित वडाध्यक्ष साहले समाकिज सुरक्षा भत्ता पाउने वृद्धवृद्धाहरुलाई उल्लेख गर्दै न्यानो सिरक वितरण गरेको हो । यसअिघ जाडो र शितलहरमा प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्ष साहले दुख महसुस गरेका छन । नगराईन नगरपालिकाको नगरप्रमुख विनय कुमार यादवका अनुसार नगरमा रहेका गरिब, दलित, विपन्न तथा पिछडिएका वर्गका मानिसहरुका लागि सिरक आजबाट निष्पक्ष रुपले वितरण गर्न पठाइएको जानकारी दिनुभयो । प्रत्येक वडामा सिरक वितरण गर्न भनिएको मेयर यादवको भनाई थियो । कार्यक्रममा नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम गुलाम लाल कर्ण, नगरका उपप्रमुख लगायत जनप्रतिनिधि तथा वडाका जनताहरुको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय