अपराध

मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

By हाम्रो जनकपुर डेस्क

April 11, 2022

२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्राउ गरेको हो ।

सेवाग्राही सँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।

एउटा मुद्दाको फैसला गराइदिने भन्दै झाले रकम लिइरहेका थिए । उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।