जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्सामा भ्रष्टाचारीको सिमा नागे : सरोकारबला मौन

प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै स्थानीय द्धारा ब्यापक बिरोध

लहान २ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै ब्यापक बिरोध भएको छ ।

साहले व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक चलखेल गरेको जसपाका युवाहरूले आरोप लगाएका छन । युवाहरूको अगुवाई गर्ने जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साह माथि त्यस्तो गम्भीर आरोप लगाएका छन ।

पत्रकार सम्मेलन गर्दै युवा नेता यादवले भने ‘हाम्रा प्र.अ साहले विद्यालयको करिब अढाई कट्ठा जग्गा सुटुक्क एक स्थानीय व्यक्तिलाई नामसारी गरिदिएका छन । त्यसैगरी साहले २०७२ सालमा डिभिजन वन कार्यलय लहानबाट स्कुलको नाममा ल्याएको साल काठ ३२ दशमलव ३० क्युविक फिट स्कुलमा गायब गरेका छन् ।

०७५/०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । यस्तै २०७५/०७६ मा विद्यालयमा साईकल स्ट्याण्ड बनाउदा स्कुलको पुराना समानहरु जसता, फलाम पचास हजार पनी खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया खाएको आरोप युनियनको प्रदेश उपाध्यक्ष यादबले दावी गरे ।

उनका अनुसार २०७५/०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन ।

टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ ।

विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् ।

‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय