काठमाण्डौं । काठमाण्डौंको नयाँ बजारको नजिक एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा ११ जना घाईते भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित नीलकुमारी क्षेत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको थियो ।
नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको प्रहरीले अनुमान गरेको छ । घटनामा घाईते भएकाहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उपचाररत रहेका मध्य २ जनाको अवस्था गंभीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय