• किसन साह

हाम्रो जनकपुर/जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथमा भएको बलात्कार घटनाका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै जनकपुरधाममा युवाहरुले प्रदर्शन गरिएको छ ।

नेपाल पीछडावर्ग विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मोहन ठाकुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय दिन माग गरेका छन् ।

१८ महिना अगाडी महेन्द्रनगरकी एक बालिकाको बलात्कार भएको थियो । उक्त घटनामा संलग्न एक युवक पक्राउ परेका थिए । अहिले उनी पुर्वपक्षका लागि थुनामा छन् । तर सरकारी अधिकारीले नै उनलाई उन्मुक्ति दिन लागेको भन्दै प्रर्शन गरिएको छ ।

संघका प्रदेश अध्यक्ष रवि कुमार साहले बलात्कारीलाई उन्मुक्ति दिने प्रयास भइरहेको बताए । उनले भने, ‘बलात्कारीलाई उन्मुक्ति होइन्, फाँसी दिनुपर्छ ।’ बलात्कारीलाई उन्मुक्ति दिएमा कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

प्रदर्शनकारीहरु जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय समेत घेराउ गर्न पुगेका थिए । तर सुरक्षाकर्मीहरुले निषेधित क्षेत्र रहेको भन्दै उनीहरुलाई फर्काएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय