जनकपुरधाम । जनकपुरधाम उपमहानगरकी उपप्रमुख रीता मिश्रले यहाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत खडका हाजिर नै नभएको जानकारी दिइन् ।
उनले भनिन्,‘यहाँ सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएको थिए तर उहाँसँग मेरो भेट पनि भएन् ।’

आठौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आएका अधिकृतको हाजिर नहुँदै सरुवा भएका छन् ।

गत असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेकोमा विनोदकुमार खडकालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाइएको थियो । यद्यपि खडकाले हाजिर नहुँदै यहाँबाट सरुवा भएका छन् ।

उपप्रमुख मिश्रले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसँग फोनमा कुरा गरेर एक/दुई दिनमै हाजिर हुने बताएपनि हाजिर नै नभई सरुवा गराए ।’

खडका स्थानीय सरकार गठन भएको ३ वर्षमा ८ औँ प्रशासकिय अधिकृतको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आउन लागेका थिए ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा आठजना प्रमुख प्रशासकीय अधिकृत फेरिसकिएका छन् । उपमहानगरपालिकाको चुनाव ताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी र अहिले आएर विनोद कुमार खडका हाजिर नभएरै सरुवा गराएका छन् ।

जनकपुरधाम उपमहानगरमा आएका सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा ७ महिनासम्म मात्र काम गरेका छन् । उपमहानगरमा आएका प्रमुख प्रशासकिय अधिकृतहरु मध्ये कतिले काम गर्न नसकेको भन्दै सरूवा मागेर गए भने कतिलाई दवाव दिएर सरूवा गराएका हुन् ।

कोरोना समयमा जनकपुरधाम उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि उपमहानगरका धेरै काम प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय