हाम्रो जनकपुर /जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिकामा खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी चार दिने तालिम आज सम्पन्न भएको छ।

साे कार्यक्रम २४ गते देखि खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम संचालनमा रहेको आज २७ गते सप्पन्न गरिएको र प्रमाणपत्र बितरण गरेको छ ।

यूनिसेफ,नेपाल लाइफ ,रेडक्रस र सहिद नगर नगरपालिकाको सहकार्यमा आयोजना गरिएको स्थानीय युवा युवतीहरु लाई चारदिने खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको हो ।

तालिममा स्थानीय तहमा हुने सडक दुर्घटना बाढी जोखिम जस्तै बिषालु सर्प ले टोक्दा तत्काल कस्तो उपाय अपनाउने ,बाढी पहिरो जस्तो आपतहरु लाई न्यूनीकरणका लागि स्थानीय युवायुवती ,अभिभावक र विद्यार्थीलाइ मानसिक रुपमा तयार बनाउने, व्यहारिक रुपमा उद्दार गर्न सक्ने बनाउने ज्ञान दिइएको प्रशिक्षक खगेन्द्र प्रशाद सिङले बताए ।

तालिममा प्राथमिक उपचार, घाइतेको जाँच, बेहोसी, श्वासप्रश्वास समस्या, रक्तश्राव, टाउको र मेरुदण्डको चोट र उपचार गर्ने तरिका, घाउमा लगाइने मलहमपट्टी बारेमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै हाड भाँचिएको उपचार, मर्कइ, पोलाइ तथा करेन्ट लाग्नु, जनावरको टोकाइबाट भएको घाइतेको उपचारको विधि पनि सिकाइएको हो । त्यस्तै एकैपटक धेरै जना विरामी परेमा तथा घाइते भएमा गरिने उद्धारको पद्दती बारेमा पनि प्रशिक्षण दिइएको सोही नगरका नगर प्रमुख उदय कुमार बरबरियाले बताए ।

चार दिन सम्म भएको तालिममा प्रमुख अतिथि नगर अध्यक्ष उदय कुमार बरबरिया,उप प्रमुख शिला देवि कापर,वशिष्ठ अतिथि असोक कुमार झा,नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति लाल बाबू साह र नेपाल लाइफका अध्यक्ष सुरैत ठाकुर ,कमला अभियानि बिक्रम यादव लगायत ईलाका प्रहरी कार्यालय यदुकहाका प्रहरी निरीक्षक, शस्त्र प्रहरीका प्रहरी निरीक्षकको उपस्थितिमा कार्यक्रम समापन गरिएका थिए ।

उक्त अवसरमा सहभागिलाइ तालिम दिनुको साथै सैद्धान्तिक र व्यवहारिक शिक्षा तथा परिक्षा पनि लिइएको थियो जस परिक्षामा ३० जना उतिर्ण भएका थिए । साे उतिर्ण भएका युवा युवतीलाई तालिम दिएका थिए ।

यसमा सहभागी रहेको केहिका नामहरु
राजाे देबि राई,उर्मिला कुमारी मण्डल,संजिब यादब,सुसिभुषन यादब,रुहि कुमारी चाैधरि,धरम कापरि,शिवकुमार गाेहिबार,सुनिल कुमार यादब लगायत उनीहरुलाइ तालिम समापनमा प्राथमिक उपचार सम्बन्धी प्रमाणपत्र बितरण समेत दिइएको र प्रमाणपत्र लिइएका सम्पुर्ण लाई फिलडमा कसरी खटाउने सम्पुर्ण जिम्मेवारी नगरपालिकाले लिइएको नगर प्रमुख यादवले बताए ।

यस कार्यक्रमका तस्बिर र भिडियो प्रमाणपत्र बितरण गरिएका वा तालिम लिएका सहिद नगर नगरपालिकाकाे वेबसाइटमा राखने नगर प्रमुख यादबले कार्यक्रम बिच घाेषित गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय