“राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तैयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको देखिन्छ ।

आज मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै सिरहा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिका, वाडहरुको जिम्मेवारी तोकिएको जनाउनु भएको छ । प्रेस वक्तव्यमा भनिएको छ।

महान उद्देश्यपुर्ती एवं “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा मोर्चालाई व्यापक जन-समर्थन प्राप्त भईरहेको प्रती हामी आभारी छौं, जन-समर्थन र आम-जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्य मै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ ।

उपरोक्त महान उद्देश्य एवं लक्ष्यमा हातेमालो गर्दै “मुक्ति पथमा” पूर्ण निष्ठा एवं ईमानदारीका साथ निरन्तर अगाडि बढ्ने वचनवद्धता गर्दै मोर्चाको नीति, नियम-निर्देशन, विधान अनुसार सक्रिय राजनीतिमा आफनो अमुल्य जीवन समर्पित गर्ने बचनवद्धता व्यक्त गर्दै हिजो मिति २०७७/०६/२५ गते आइतबारका दिन सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं. ५ मा अवस्थित श्री चन्द्र शेखर साह ज्युको निजि-निवासमा व्यापक जनसहभागिताका बीच जनतान्त्रिक तराई मुक्ति मोर्चाको सिरहा जिल्लाको विभिन्न गाउँपालिका, नगरपालिका र वाडहरुको जिम्मेवारी तपसिलका महानुभावहरुलाई सर्वसहमतिले दिईएको सबैमा जानकारी गराउनु पाउँदा गौरवान्वित महसुस गरेको छु ।
नव-जिम्मेवारी दिईएका ब्यक्ति एवं जिम्मेवारीहरु यस प्रकार रहेका छन् :-

१) चन्द्र शेखर साह (डब्लु साह) :- जिल्ला जनपरिचालन समिति सदस्य

२) सतिश प्रसाद साह :- मिर्चैया न.पा-७ फुलबरिया गाउँ प्रभारी/ईन्चार्ज

३) सत्येन्द्र प्रसाद साह :- मिर्चैया न.पा. ७ लिखटोल गाउँ प्रभारी/ईन्चार्ज

४) उमेश प्रसाद साह :- कल्यानपुर नपा. प्रसाही गाउँ तथा मिर्चैया नपा. वडा नं ५ प्रभारी /ईन्चार्ज

५) जग्दिश प्रसाद साह लहान नपा. १९ छरापट्टी गाउँ प्रभारी/ईन्चार्ज

६) ब्रहमदेव यादब :- मिर्चैया नपा. ७ लिखटोल गाउँ संगठन प्रभारी/ईन्चार्ज

सम्पूर्ण क्रान्तिकारी सह-योद्धाहरुलाई “मुक्ति परिवारमा” हार्दिक स्वागत, अभिवादन, अभिनन्दन, बधाई एवं लक्ष्य प्राप्तिको कामनाको साथै शुभकामनाका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय