काठमाडौँ । विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चार माध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडी प्रदर्शन गरेका हुन् ।

पत्रकारको हकहितका लागि सरकारले समेत आफ्नो दायित्वनिर्वाह नगरेको नेपालपत्रकार महासंघका महासचिव रमेश विष्टले बताए । सरकारलाई दबाव दिन विभाग अगाडि लालटिन बाँधेर प्रदर्शन गरिएको उनको भनाई छ । लक डाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए । सञ्चार माध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले बताए ।

कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा राखेका छन । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय