• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर /राैतहट ।रौतहटको कटहरियामा वडा अध्यक्षको मोटरसाइकल चोरी भएको छ । रौतहटको कटहरिया नगरपालिकामा वडा अध्यक्ष सहित २ जनाको मोटरसाइकल चोरी भएको छ ।

कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चन्दन कुश्वाहाको मोटरसाइकल गत राती चोरी भएको जनाइएको छ । वडा अध्यक्ष कुश्वाहासंगै गए राति दुइ जनाको मोटरसाइकल चोरी भएको प्रहरीले बताएको छ ।

कुश्वाहाको प्रदेश ३ ०२–०२ प ०१५५ नम्बरको पल्सर मोटरसाइकल र कटहरिया बजारस्थित मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका विकास साह सोनारको बिआर २९ एफ १५६५ नम्बरको मोटरसाइकल चोरी भएको पीडित परिवारले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई लतिफ अन्सारीले घटनाको पुष्टि गर्दै चोरी भएको मोटरसाइकल र संलग्न चोरको खोजी भैरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय