• रामएकवाल राम

दोहा कतार – नेपालमा विभेदमा पारिएका दलित समुदायहरुमाथि भैरहेको हत्या , हिसां र विभेदको विषयलाई लिएर कतारमा श्री सल्हेश एकता मञ्च नेपालले अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेका छन ।

शुक्रवार कतारको एसियन टाउन ग्राण्ड मल्लमा श्री सल्हेश एकता मञ्च नेपाल प्रवासी कमिटि कतार टिमको अयोजनामा कतारमा बसोबास गरिरहेका समग्र दलितहरूलाई एकिकृत गर्दै सुख दुखमा साथ दिनुका साथै आफनो समुदायहरुको अधिकार स्थापनाको विषयमा छलफल भएको कतार सयाेंजक एव अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिए ।

संयोजक पासवानका अनुसार नेपालमा राज्यद्धारा हत्या गरिएका धनुषाको जिल्लाको सबैला नगरपालिकाका शम्भु सदाका परिवारलाई र अँखाको रोगबाट पीडित सिरहा मिर्चैया नगरपालिका -३ राघोपुर बकथलवा टोलको भोला सदायको ११वर्षीय छोरी नेहा कुमारी सदायलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको छ।अगामी अक्टुबर 16 तारिखका दिन संकलन भएको रकम यस संस्थाको तर्फबाट सहयोग गरिने अध्यक्ष पासवानले जानकारी दिनु भयो ।

समाजिक , आर्थिक र राजनितिक रुपमा आफुहरुलाई विभेदमा पारिएकोले अब एकिकृत भएर विभेदका विरुद्धमा विगुल फुक्नका लागि संसारभरी छरिएर बसेका सम्पूर्ण नेपाली दलितहरु एकिकृत हुनुपर्नेमा मञ्चका सदस्य राधेश्याम पासवानले बताए ।

मित्र राष्ट्र भारत तथा बिहारका लोकप्रीय नेता श्री राम बिलास पासवान ज्यूको दु:खद निधन प्रति मौन धारण गरि शोक मनाउनु भयो। वहाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भयो।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको कार्यक्रममा मञ्चका सन्जय पासवान विष्णु पासवान शम्भु पासवान लगाएत २१ जना भन्दा बढिको उपस्थीति रहेको संयोजक पासवानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय