चितवनमा शुक्रवार दुर्घटनामा परि बारा वरियारपुर स्थित माविका अध्यक्ष सहित ४ जना घाईते भएका छन ।

दुर्घटनामा परि गढीमाई नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप प्रसाद गुप्ता सहित चार जना घाईते भएका हुन ।

बिहान करिब ५ बजे समयमा अध्यक्ष गुप्ता सहित चढेको कारलाई ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो। प्याज लोड गरेर काठमाण्डौं जादै गरेको ना ६ ख २३७५ नम्बरको ट्रकले प्रदेश नं ३– ०१–२२ च ३९७१ नम्बरको कारलाई राप्ती नगरपालिकाको भण्डारा चौकमा पछाडीबाट ठकर दिदां कारमा सवार अध्यक्ष गुप्ता सहित चार जना समान्य घाइते भएका छ्न ।

समान्य घाइते भएका गुप्ता सहितको नदिप पोलिकिल्निक प्रालि उपचार भएको इलाका प्रहरी कार्यालय भण्डारले जनाएको छ । बिधालयको कामको शिलशिलामा काठमाण्डौं जाने क्रममा उनीहरुको कार दुर्घटनामा परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय