काठमाडौं । सरकार र डा केसी पक्षबीच बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ।

शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको डा केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिए।

डा केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको उनले बताए ।

वार्ता असफल भएपछि डा केसीका तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्तामा सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको बताए ।

डा क्षेत्रीले सरकारले डा केसीको माग सम्बोधन गर्न र उनको जीवनरक्षा गर्ने विषयमा गम्भिर नभएको भन्दै भोलिदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि बताए ।

बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।

बिहीबार राती सकिएको वार्तामा शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाएको थियो।

२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

डा केसी पक्षले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय