सांकेतिक तस्वीर

चितवन । लागूऔषध मुद्धा मिलाइदिने भन्दै रकम असुल गर्ने दुईजना विचौलियालाई जिल्ला अदालत चितवनले ३ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले सागर क्षेत्री र मानबहादुर श्रेष्ठलाई जनही तीन/तीन बर्ष कैद र ३० हजार जरिवानासहित ठगी गरेको रकम जाहेरवालाई फिर्ता दिलाउने फैसला गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका सन्तोष सिकारीलाई प्रहरीको एसपीलाई भनेर छुटाईदिन्छु भन्दै दुईजना बिचौलियाहरुले सिकारीको श्रीमती ज्योति सिकारीबाट ६ लाख नगद र १० तोला सुन लिएर ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

प्रहरीले १० ग्राम ३ सय ६० मिलिग्राम लागूऔषधसहित सन्तोष सिकारी, अनिल चौधरी, मनोजकुमार श्रेष्ठ र मीनबहादुर महतोविरुद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीश रावलको इजलाशले उनीहरु सबैलाई जनही ६ बर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना ठहर गरेको छ ।

फैसलामा प्रहरीको नाम बेचेर गलत काम गर्नेलाई गरिएको यस्तो सजायले मुद्दाका बिचौलियालाई निरुत्साहित गर्ने अपेक्षा राखिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय