महोत्तरी ।महोत्तरीमा जबर्जस्ती करणी गरेर फरार रहेका युवक दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका .१ बस्ने बर्ष २१ का पिन्टु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको साउन ११ गते साँझ घर नजिकैकी एक ६ वर्षीया बालिकालाई ललाईफकाई घरमा लगेर करनी गरी फरार भएका थिए ।

उनलाई मनरासिसवा नगरपालिका ९ बथनाहा गाउँ स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपि बसेको अवस्थामा पक्रउ गरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय