सत्याग्रही डा.गाविन्द केसीकाे १९ ओै आमरण अनशनकाे आज २६ ओै दिन वहाँले उठाएकाे चिकित्सक शिक्षामा सुधारका माँगहरूलाई पूरा गराउन तथा वहाँकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन नेपाली कांग्रेस पर्साकाे सभापति आदरणिय अजय कुमार द्विवेदीकाे अध्यक्षतामा तथा पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यमा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थितिमा घन्टाघरमा स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै २६ मिनेट धर्ना कार्यक्रम सम्पन्न भएकाे छ।

साे कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की,नेपाली कांग्रेस पर्साका उपसभापति दिना गुप्ता,सचिव किशोरी साह,महाधिवेशन प्रतिनिधि उतमा प्याकुरेल,केन्द्रीय निति तथा प्रशीक्षण प्रतिष्ठानका सदस्य डा.सुषमा तिवारी,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,क्षेत्रिय सभापति विजय शर्राफ,जिल्ला सदस्य प्रेम सिहं,रामबाबु पटेल,प्रदेश सभा सभापति अरविन्द गुप्ता ,नपाल महिला संघका अध्यक्ष विध्या श्रेष्ठ,पूर्व क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहा,ने.वि.संघका पूर्व केन्द्रीय सदस्य सुधिर पटेल,अधिवक्ता विजय उपाध्याय,युवा नेता गजेन्द्र कुर्मी,बाबुनन्द चाैरसिया,उप प्राध्यापक दिपेन्द्र यादव,नेतृ काेपिला कडेल लगायतको उपस्थिती रहेकाे ने बि संघका विद्यार्थी नेता जितेन्द्र मिश्र ले बाताउनु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय