वीरगञ्ज । पर्सामा एक जना जनप्रतिनिधिका छोरा लागु औषध गाँजा सहित पक्राउ पारेका छन् ।

पर्साका पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैयाका छोरा राज ओझैया १ सय ३१ किलोग्राम गाँजासहित पक्राउ पारेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले ४० वर्षीय ओझैयाको घरमा छापामारी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३१ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरमाद गाँजा र ओझैयालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ ।

यसअघि पनि पर्सामा जनप्रतिनिधि का छोरा लागु औषध सहित पक्राउ परिसकेका छन् ।

पर्सा प्रहरीले यसअघि जिराभावानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा शशिकान्त चौधरीलाई प्रकाउ गरेको थियो ।

उनी सरकारी नम्बर प्लेटको मोटरसाई कल प्रयोग गरेर प्रतिबन्धत लागु औषध ४० थान, कोटिन फ्रलेक्ट पी सीरप ८ थान, र स्टाम्पो २ थान सहित प्रकाउ परेका थिए ।

पछिल्लो समय पर्सा र बारामा प्रहरीले ठुलो मात्रामा लागु औषध बरामद गर्न सफल भएको छ । हिजो मात्रै बारा प्रहरीले ठुलो परिणाममा लागु औषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय