दाङ । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान करिब साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका-९ अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा सुन फेला परेको हो।

कारमा सवार सम्मान कुमार श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड रेफिनरी मेटेर र एसेयर लेखेको ५/५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

साथै श्रेष्ठको साथबाट २ तोला ३.०६ आनाको सुनको सिक्री र नगद ६० हजार बरामद भएको उनले जानकारी दिए। त्यस्तै गाडी चालक घोराही १५ का सुवास श्रेष्ठ र सोही गाडीमा सवार अर्का अपूर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपूर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदीको सिक्री र नगद ११ सय २० र चालक श्रेष्ठको साथबाट नगद १२ हजार २५० बरामद भएको प्रवक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय