हाम्रो जनकपुर / जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको भिडभाड बढेपछि जोखिम सहितका अव्यवस्थाहरुको समाचार सम्प्रेशनसंगै कार्यालयले तालिका बनाएरै सेवालाई सहज र व्यवस्थित बनाउने निर्णय गरेको छ ।कुन दिन कुन स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भन्ने तालिका सार्वजनिक गरिएको छ ।कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन थालेपछि कुन दिन कुन स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउने भन्ने तालिका सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सूचना जारी गरेर असोज २३ गते शुक्रवारदेखि तालिका अनुसार सेवा प्रवाह गर्ने जानकारी दिएका हुन् ।हेर्नुस् कुन स्थानीय तहले कहिले सेवा पाउने ?तोकिएको दिन (तालिका अनुसार) मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश गर्नुपर्ने तथा नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा कार्यालय परिसरमा प्रवेश गर्न सकिने सुचनामा उल्लेख छ ।‘सेवा लिन आउनु अघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज÷प्रमाण साथमा लिई आउनु पर्नेछ’, सुचनामा भनिएका छ, ‘कागज÷प्रमाण नपुगेमा सेवा दिन सकिने छैन ।यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ ।कार्यालयको भीडभाड र कोभिड १९ संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र पपिरमार्जन गर्दै लगिने बताइएको छ ।संघ संस्था दर्ता र नविकरण आईतवारदेखि बुधवार सम्म मात्र र पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन सम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय