हाम्रो जनकपुर /सिरहा । सिरहामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टि गाउँपालिका–५ महेशबारीमा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा मंगलबार राति एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार भगवानपुर बस्ने २० वर्षीया रन्जुकुमारी यादवको उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

सोही अटोरिक्सामा सवार लक्ष्मीपुरपतारी गाउँपालिका–६ का ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका–१ का ३० वर्षीया पुनम यादव घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै अटो प्रहरी नियन्त्रणमा रहेका छन् । स १ ह ३३२० नम्बर अटो चालक पक्राउ परेका छन् भने अनटेस्ट अटोका चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय