जनकपधाम । ईलाका प्रहरी कार्यालय जितपुरले आज बिहान ३ बजे चेक जांच गर्ने क्रममा १४७ किलो गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुर बाट खटीएको टोलीले ईलाका प्रहरी कार्यालय जितपुरको अगाडी नै चेक जांच गर्ने क्रममा ३ वटा ट्रकको पछाडी ट्रक छोडेर चालक फरार भए पछि खालि ट्रक चेक जांच गर्दा ट्रकको पछाडी लुकाएर राखेको ७ वटा पोकामा १४७ किलो गाँजा बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी नायब निरीक्षक देवबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले बुधवार बिहान ३ बजे पथलैया बाट बिरगंज आउदै गरेको ना ७ ख ९५५४ नम्बरको ट्रकलाई चेक जांच गर्ने क्रममा १४७ किलो गाँजा भेटिएको ईलाका प्रहरी कार्यालय जितपुरको प्रहरी नायब निरीक्षक देवबहादुर चन्दले जानकारी गराएका छन्।

नियन्त्रणमा लिएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बारा पठाईएको हो भने
चालकको खोज तलास जारि रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय