• हाम्रो जनकपुर

महोत्तरी ,जलेश्वर । महोत्तरीमा मोटरसाइकल चाेरि गरेको आराेपमा दुई जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चाेरि गरेको आराेपमा पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका वडा नम्बर –८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको बताए ।

उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर –७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मङ्गलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो
जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय