पोखरिया २० असोज / पर्साको जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसौतामा आज बेवारिसे अवस्थामा शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका को दसौता मा रहेको गण्डक नहरमा शव फेला परेको ईलाका प्रहरी कार्यालय जानकिटोलाले जनाएका छन।प्रहरी का अनुसार दसौता गण्डक नहरमा बोरामा राखेको अवस्थामा बग्दै आएको करिब ३५ वर्ष का पुरूष को शव नहरमा फेला परेको छ /

भारत को ईनर्वा बाट नेपाल को गण्डक नहरमा बगेर आउने भएको प्रहरी को दाबि रहेको छ। मृत व्यक्ति दशगजा भन्दा दुई सय मिटरको दुरीमा फेला परेको छ। मृतक भारतीय नागरिक हुन् सक्ने स्थानीयले बताएका छन् ।

गण्डक नहर बाट फेला परेको शवलाई ईलाका प्रहरी कार्यालय पोखरिया ले पोस्टमार्टम को लागि नारायणी होस्पिटल मा पठाईएको छ । मृत्कको पहिचान अहिले सम्म हुन नसकेको प्रहरी ले जनाए का छन। घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय