सिरहा,लहान । सिरहाकाे सुखीपुर ४ का वडाध्यक्ष रामलोभित यादवलाई पक्राउ गरी कारवाही गर्न पीडित ममता यादव असोज २० गतेदेखि भोख हड्तालमा बसेकी छीन् । महिला हिँसा गर्ने वडाध्यक्ष रामलोभित यादवलाई पक्राउ गरी कारवाही गर भन्दै पीडित ममता यादवले सहिद चौक लहानमा धर्नामा बस्दै आएका थिए । वडाध्यक्ष यादवलाई प्रहरीले पक्राउ नगरेको भन्दै असोज २० गतेदेखि निरन्तर भोख हड्तालमा पीडित ममता बस्दै आएकी छीन् ।

वडाध्यक्ष यादवलाई जबसम्म प्रहरीले पक्राउ नगरेसम्म हडतालमै बस्ने पीडित ममताले बताइन् । ईलाका प्रहरी कार्यालय लहानमा वडाध्यक्ष रामलोभित विरुद्ध पीडित ममताले उजुरी दर्ता गराएकी छीन् ।

प्रहरीले घटना पश्चात मुद्दा दर्ता नगरेपछि अदालतको आदेशमा मुद्दा दर्ता भएको हो । सुखीपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादव लहान १३ भोटिया टोलमा घर बनाएर बस्दै आएका छन् भने पीडित ममता पनि सोही ठाउँमा बस्दै आएकी छीन् ।

ममतालाई अरुसँग किन बोलचाल गरेकी हो भन्दै एक महिना अगाडि रामलोभित यादवसहित उनका घरपरिवारका सदस्यहरुले बीच सडकमै निर्घात कुटपिट गरेको थियो ।

कुटपिट गर्दा पीडित यादवकी डाढको हड्डी भाँचेको छ भने उपचार खर्च समेत नपाएको आरोप छ । उपचारमा पीडित ममता यादवलाई एक लाखबढी खर्च भएको छ ।
उता, पीडित यादवकी पति वैदेशिक रोजगारमा रहेका छन् । एक्लो महिला रहेकोले वडाध्यक्ष रामलोभितले आफ्नो अधिनमा उनलाई राख्न दवाव दिइरहेका थिए ।
पीडित ममतालाई कुटपिट गर्ने गीता यादव, रिता यादव, रेखा यादव, चुलाही यादव र रामलोभित यादव फरार रहेको छ भने नविन यादवलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापाले रामलोभित यादवलाई चाडै हिरासतमा लिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय