हाम्रो जनकपुर /जनकपुरधाम । ईलाका प्रहरी कार्यालय यदुकुहा (शहिदनगर), धनुषामा हालै सरुवा भएर आएका प्रहरी निरीक्षक (इन्सपेक्टर) संवित भण्डारीले जनताको शान्ति सुरक्षाका लागि २४ सैं घण्टा खट्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यालयमै आज स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक भण्डारीले शान्ति सुरक्षा कायम गर्न जसरी खटिनुपर्ने हो, त्यसरी खट्ने (काम गर्ने) प्रतिवद्धता जनाएका हुन् । उनले यस क्षेत्रका जनतालाई भयमुक्त हुन समेत आग्रह गरे ।

प्रहरी निरीक्षक भण्डारीले हातेमालो गरेर कुप्रथा हटाउनेदेखि लिएर समाजमा देखिने अनेक विकृतिहरु विरुद्ध अगाडी बढ्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुसँग आग्रह गरे । उनले मिलेर काम गर्दा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे ।

परिचयात्मक कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, व्यापारी र समाजसेवीहरुले अपराध न्युनिकरणका लागि कसैको प्रलोभनमा परेर काम नगर्न सुझाएका थिए । उनीहरुले अवैध खुल्ला मदिराको कारोबार रोक्न समेत सुझाव दिए । यस्तै कानुनको उल्लंघन नगरी जनताको भावना अनुसार काम गर्न समेत उनीहरुले आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका पुर्व साँसद शिवधारी यादब, शहिदनगरका मेयरका प्रत्यासी उम्मेदवार देबेन्द्र भरखेर, जनता समाजवादी पार्टीका नेता बिनोद रोहिता,राजदेव साह,नेविसंघका पुशपेन्द्र गोइत,सुनिल साह तथा कमला र शहिदनगरका केहि वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले प्रहरी निरीक्षक (इन्सपेक्टर) भण्डारीको कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय