हाम्रो जनकपुर /जनकपुरधाम । धनुषामा १४ वर्षीया किशोरीलाई बलात्कार आरोपमा छिमेकी रामलाई पक्राउ गरेको छ ।

धनुषा जिल्लाकाे धनुषाधाम नगरपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय जिबछ रामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

पीडित किशोरीको परिवारले प्रहरीलाई मंगलबार बलात्कारबारे जानकारी गराएपछि आरोपितलाई तत्कालै पक्राउ गरी अनुसन्धान थालेको ठाकुरले बताए ।

शुक्रबार साँझ घर पछाडी शौच गर्न गएकी ती किशोरीलाई छिमेकी युवकले बलात्कार गरेका पीडित परिवारले जनाएको छ । पीडित किशोरीले अभिभावकलाई जानकारी गराएपछि प्रहरी कार्यालयमा मंगलबार मात्रै उजुरी आएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय