काठमाडौँ || उखु किसानकाे बक्यौता भुक्तानी गर्न प्रतिनिधिसभाकाे उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएकाे छ । समितिकाे साेमबार बसेकाे बैठकले सर्लाहीलगायतका जिल्लाका उखु किसानकाे बक्यौता तुरुन्त भुक्तानी गर्न निर्देशन दिएकाे हाे ।

उखु किसानलाई भुक्तानी नदिने मिल संचालकलाई कारबाही गर्न पनि समितिले सरकारलाई निर्देशन दिएकाे छ। समिति सभापति विमलप्रसाद श्रिवास्तावले उखु किसानकाे भुक्तानी मिल संचालकमार्फत तुरुन्त दिन लगाउन र नदिए कडा कारबाही गर्न सरकारका नाममा निर्देशन दिएका हुन्|

सर्लाहीका उखु किसानले २०७२ सालदेखि भुक्तानी नपाएको भनेर काठमाडौंमा समेत प्रदर्शन गरिरहेका छन्। कृषि तथा सहकारीमन्त्री घनश्याम भुसालले चिनी मिल संचालकहरूसँग समन्वय गरेर किसानहरूलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले भने, ‘किसानलाई भुक्तानी र अनुदान दिने विधि र प्रक्रियामा समस्या छ। त्यसको अध्ययन गरेर सुधार गर्ने तयारीमा हामी लागेका छाैं । किसानलाई न्याय दिन्छौं।’ समितिकाे बैठकमा आन्दोलनरत किसानका प्रतिनिधि पनि उपस्थित थिए।

उनीहरूले मिल मालिकले भुक्तानी नदिएकाे र माग्न जाँदा काठमाडौं जाऊ भनेकाले यहाँ आएकाे बताए। किसानलाई मिल्ने अनुदानको पैसा पनि मालिकले लिने गरेको सप्तरीका किसान राजेश यादवले बताए।कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय