प्रतीकात्मक तस्बिर राखिएको

हाम्रो जनकपुर / जनकपुरधाम । धनुषामा एक किशोरीमाथि बलात्कार भएको छ । बाख्रा चराउन गएकी गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

गत सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेको कार्कीले बताए ।

पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।स्रोत टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय