जिल्लाको टोली पुगेपछि शव (लास) लाई बाहिर निकालिने र सनाखत गरिने जनाइएको छ ।

हाम्रो जनकपुर / जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको लखौरी स्थित विहानै लास (शव) फेला परेको छ ।

धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. १ लखौरी स्थित पानीमा एक व्यक्ति मृत अवस्थामा फेला परेको हो । जनकपुर– जयनगर रेल्वेको लीक (ट्रैक) को दक्षिणपट्टि रहेको खाल्डोमा एक व्यक्ति मृत फेला परेको हो ।

पानीमा मृत अवस्थामा डुबेको व्यक्तिको हात मात्र बाहिर आएको र हातमा लेडिज (महिलाले लगाउने) घडी देखिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । हात हेर्दा मृतक युवति हुन सक्ने अनुमान गरिएको हो ।

अहिले ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेत प्रहरी टोली प्रस्थान गरेको छ । जिल्लाको टोली पुगेपछि शव (लास) लाई बाहिर निकालिने र सनाखत गरिने जनाइएको छ ।सभार न्युज ब्यूरो

यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय