धर्मेन्द्र प्रसाद यादव – वीरगंज , भदौ १८ गते । जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड प्रहरी उपरीक्षक गंगा पन्तले सम्हाले यता देखि पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक नियन्त्रण भएको देखिन्छ !

एसपी पन्त पर्सा जिल्ला प्रमुख अाउनु साथ सिमानाकामा हुने अापराधिक गतिविधि , तस्करी पुर्णा रुपले बन्द भएको हुनाले ऊनी अाफ्नो कार्यशैलीको कारणले पर्सा जिल्लाबासी को दिल जित्न सफल भएकि छिन् ।

पर्सा प्रहरीको प्रमुख पन्तको सहयोगीको रुपमा रहेको प्रहरी निरीक्षक एवम क्राईम ब्रान्च प्रमुख रबिभुषण यादबले तस्करीमा कडाई गरेपछि तस्करहरु अहिले पर्सा जिल्लावाट पलायन भएकोले सिमानाकामा हुने अापराधिक गतिविधि , तस्करी चोरी , डकैती न्यून गर्नै अाफै दिन रात खटि ठाऊ ठाऊमा प्रहरी परिचालन गरि रोक्न सफलहुनु भएको पर्साबासिको भनाई छ ।

विगतमा हुने गरेको विभिन्न अवैध धन्दालाई नियन्त्रण गर्न इमान्दार प्रयास गर्दै आएका एसपी पन्तका कमाण्डमा खटिएका विभिन्न प्रहरी अधिकृतहरुको योगदान पनि कम्ती नरहेको आम बुझाई रहेको छ !

जिल्ला प्रहरी कार्यालय पर्साको इमान्दार प्रयास पछि प्राप्त सफलता बाट अतालिएका आपराधिक मनोवृत्तिका दासहरु र अवैध गतिविधिमा संलग्न रही सरकारको राजस्व दोहनकर्ताहरु एसपी को दुहाई गर्ने र उनका मातहतका प्रहरी अधिकृतहरुको मनोबल गिराउने गरी षड्यन्त्रमा जुटेको समाचार प्राप्त हुन आएको छ !

यस्तो महामारीको बेलामा पनि तस्कर संगठनको समुहरुले केही झोलेहरु को संरक्षणले पर्सा प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचारमा जुटेको छ।

विभिन्न कारोबारी हरुको सामानहरू नियन्त्रणमा लिइ कार्यवाही प्रक्रिया अगाडि बढाउन अभियानमा सक्रिय र इमान्दार भूमिका निर्वाह गरेका पर्सा क्राइम ब्राञ्चका प्रमुख प्रहरी निरीक्षक रबि भूषण यादव पूर्णत बदनाम गराउने कार्यमा ती कारोबारीहरु केही झोले दालहरुको माध्यमले बदनाम गरन हाल सक्रिय भएको जनाइएको छ !

विश्व व्यापी फैलिएको महामारी नियन्त्रण को लागि सरकारले गरेको लक डाउन मा पनि आफ्नो धन्दालाई निरन्तरता दिन पल्केका हरुलाई लगाम लगाउन प्रनी यादवको कम्मर तोड प्रयास पछि लागू अौषधको कारोबारी देखि लिएर अवैध हुण्डी कारोबारी हरु समेत नियन्त्रणमा आए पछि ती कारोबारी हरुको संरक्षण कर्ता हरु ले निशानामा राखी उनी बिरुद्ध अनर्गल प्रचार गराउन सक्रिय भएका छन !

इमान्दार र कर्तव्यनिष्ट स्वभावका प्रनी यादव ले आफु बिरुद्ध जती सुकै षड्यन्त्र गरिए पनि आफू आफ्नो कर्तव्य बाट विमुख नहुने र अपराध नियन्त्रण र अवैध कारोबार बिरुद्ध आफ्नो सक्रियता निरन्तर जारी रहने प्रतिक्रिया दिए।

जनताको शान्ति सुरक्षा पहिलो मेरो पहिले प्राथमिकता रहेको एसपि गंगा पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय