हाम्रो जनकपुर / जनकपुरधाम । प्रदेश २ सरकार रौतहटसहितका स्थानमा दलितहरूमाथि भएको हत्या, हिंसा र जातीय विभेदका घटनाहरूको छानबिन गर्न समिति बनाएको छ ।

जनकपुरधाममा आज मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको पहिलो बैठक जाँच समिति बनाएको हो । बैठक दलितमाथि भएका हत्या हिंसाका पछिल्ला घटनाहरूको छानविन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई रौतहतसहित स्थानमा भएका घटनाहरूको जाँच गरी प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिइएको छ । समितिमा प्रदेशसभा सदस्यहरू सुन्दर विश्वकर्मा, सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहेका छन् ।

बैठक रौतहटमा हत्या भएका निरंजन राम र मिन्त्रा देवी बैठाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निणर्य गरेको छ । त्यसैगरी बैठक लकडाउनमा खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख ५० हजार आर्थिक सहयोगका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निणर्य समेत गरेको छ । पछिल्लो समयमा विभिन्न घटनामा निधन भएका १३ दलितहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकको शुभारम्भ गरिएको थियो ।

बैठक दलित सशक्तिकरण ऐन परिकल्पना गरे अनुसार कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रदेश सरकारलाई आग्रह गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेश सभाका सदस्यहरू सुन्दर विश्वकर्मा, चमेली देवी दास, प्रमिला देवी दास, फुलिया देवी सदाय, रविन्द्र बैठा, सुनिता देवी मोचीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय