हाम्रो जनकपुर / जनकपुरधाम । धनुषा जिल्लाको हँसपुर नगरपालिकाको बघचौडाको धोवियाही पोखरी नजिक एक महिला आफनै घरमा शंकास्पद अवस्थामा भदौ १७ गते दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

महोत्तरीको औरही नगरपालिका १ माइती भई भएकी महेश चौकरीकी छोरी कृष्णाकुमारी चौधरीको हंसपुर नगरपालिका बघचौडा बस्ने विनोद चौधरीका २५ वर्षीय छोरा सरोज चौधरीसंग ३ वर्ष पहिले सामाजिक परम्पराअनुसार विवाह भएको थियो । चौधरीको १ वर्षको एक छोरी समेत रहेको मृतकका भाइ चन्दन चौधरीले जानकारी दिनुभएको छ ।

घरमा सासु, ससुरा, पति, देवरलगायतका सवै जना रहेकै वेलामा कृष्णा कुमारी चौधरीको घरको माथिल्लो तल्लामा शंकास्पद अवस्थामा झुन्डिरहेको अवस्थामा शव फेला परेको घटनास्थल पुगेका मृतकका काका नवल चौधरीले जानकारी दिनुभएको छ ।

टनास्थलमा पुग्दा घरको ढोकाको चुकुल खुलि रहेको भएपनि झयालको चुकल खुलेको अवस्थामा रहेको र घटनास्थलमा आफुहरुलाई मृतक भतिजीको फोटो समेत प्रहरीले खिच्न नदिएको मृतकका काका नवल चौधरीले गुनासो गर्नुभएको छ ।

तक दाजु चन्दन चौधरीका अनुसार बहिनीलाई पटक पटक शारिरीक र मानसिक रुपमा यातना दिदै आएको थियो, बहिनीले आफुलाई माइती पठाई दिन आग्रह गर्दा समेत नपठाएको र फोनमा हिजो मंगलवार काकीसंग कुरा गर्दा आफुलाई निकै कुटपिट गरि रहेको बताएकी थिइन् ।

धवार दिउँसो फोनमा कुरा गर्दा आफुलाई केही नभएको हामीहरु सवै जना खुशी रहेको बताएकी बहिनीको अचानक घरमै झुन्डि रहेको अवस्थामा शव फेला पर्नु घटना रहस्यमय भएको दावि गरेका छन् । बहिनीलाई पटक पटक यातना दिदै आएको दाजु चौधरीले बताउनुभएको छ ।

हरी घटनास्थल पुगेर शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमको लागि ल्याएको छ । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय