हाम्रो जनकपुर / धनुषा,जनकपुरधाम। कोरोना कहरबीच आज बिहानैदेखि जनकपुरस्थित गंगा सागर, धनुष सागर, महाराज सागरलगायतका पोखरीमा भीडभाड देखिएको हाे । हातमा खीरा र फुल्की लिएर पितृलाई पानी चढाउनेहरु बिहानैदेखि पोखरी र घाटमा पुगेर पितृस्मरण गरिरहेका छन् ।

हिन्दु परम्परागतकाे पितृस्मरण आजदेखि सोह्र श्राद्ध सुरु भएसँगै धनुषाका पाेखरी तथा नदीछेउमा भीडभाड देखिएकाे छ ।

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधिलाई सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञ-यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा-भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय