हाम्रो जनकपुर / जनकपुरधाम। धनुषा जिल्लाको शहिदनगरपालिका वडा नम्बर –२ चोराकोयलपुर बस्ने २९ वर्षीय मनिष भिनवार माथि सोही ठाउँ बस्ने ४० वर्षीय प्रमोद भिनवारले ज्यान मार्ने उद्धेश्यले बन्चरो प्रहार गरेको स्थानियबासिन्दाहरुले जनाएको छ ।

मगलवार बेलुका खेतमा घाँस कोटेको विषयमा विवाद हुँदा घटनाबारे प्रमोद भिनवारको घरमा बुझन गएका मनिष भिनवारमाथि प्रमोदले बन्चरो प्रहार गरेको घाइतेका बुवा रामजतन भिनवारले बताउनुभएको छ ।

बन्चरो प्रहारले टाउकोमा गम्भिर चोट लागेका मनिषलाई स्थानिय स्तरमा प्राथमिक उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएको छ । घाइतेका बुवा रामजतन भिनवारले छोरामाथि बन्चरो प्रहार गर्ने प्रमोद भिनवारलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरि रहेको आरोप लगाउनुभएको छ ।

टनाबारे प्रहरी चौकी चोराकोयलपुरका इन्चार्ज असई देवराम यादवले घटनाबारे जानकारी पाएर घाइतेको घरमा पुगेर घाइतेको प्राथमिक उपचार गराउन लगाई थप उपचारको लागि विरामीलाई प्रादेशिक अस्पताल जनकपुर पठाएको बताउनुभएको छ ।

कुटपिट गर्ने प्रमोद भिनवार फरार रहेकाले गर्दा लाई प्रहरीले पक्राउ गर्न नसकेको असई देवराम यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय