हाम्रो जनकपुर / सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका अन्तर्गत कमला नदीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदिपराज कणेलले अनुगमन गरेका छन् ।

अनुगमन टोलीले कर्जन्हा नगरपालिकाको उत्तरवाहिनी नजिकै अबैध रुपमा राखिएको ढुङ्गा ढुवानी गर्ने २ ट्याक्टर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ । त्यस्तै कमला नदीको विभिन्न स्थानमा अबैध रुपमा तस्करी गरी राखेको ठूलो परिमाणमा ढुङ्गा बरामद गरिएको छ ।

कर्जन्हा नगरपालिकामा व्यापक रुपमा ढुङ्गागिट्टी र बालुवाको तस्करी भइरहेको ब्यापक जनगुनासोपछि नदीको अनुगमन गरिएको सिडिओ कणेलले जानकारी दिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर, उपसभापति सरोज यादव, कर्जन्हा नगर प्रमुख गंगा पासमान, उपप्रमुख ज्ञानु श्रेष्ठ, वन कार्यालयका प्रतिनिधि लगायतको सहभागिता थियो ।

ढुङ्गा गिट्टी तथा बालुवा उत्खननको विषयमा अनुसन्धान गरी दोषी उपर कारबाही गरिने सिडिओ कणेलले प्रतिवद्धता जनाए । यस्तै जिससका सभापति ठाकुरले केहि व्यक्तिको सेटिङमै ढुङ्गा गिट्टी र बालुवाको तस्करी भइरहेको भन्दै त्यो संजाल तोड्नुपर्ने बताए ।

नदीबाट अवैध रुपमा भइरहेको ढुङ्गा गिट्टी तथा बालुवाको उत्खनन रोक्न स्थानीय रुवाहरुले पटक पटक आन्दोलन गरेका छन् । केहिदिन अगाडी ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन गर्ने तस्करहरु दुई सामाजिक अभियन्तालाई कुटपिट समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय