• नितेश यादब

हाम्रो जनकपुर / सिरहा ,लहान ।काेभिड-१९ काे असर हामी लकडाउनमा छाै । विषम परिस्थितिमा रगत अभावकाे मध्ये नजर गर्दै लहान न.पा वडा नम्बर ६/७/८ काे सहयाेगमा ब्लड फर नेपाल द्वारा आयाेजित सिरहाकाे राधेकृष्ण मन्दिरकाे प्राँगन, लहान नगरपालिका वडा-०६ “आकस्मिक रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन गर्न सफल भएका छन्। जसमा ८ महिला रक्तदाता र ४६ पुरुष रक्तदाता हुनुहुन्थ्यो ।

देश भरि रगतका चरम अभावकाे ध्यानमा राखेर ब्लड फर नेपाल टिम सिरहाका सक्रिय सदस्य बिनाेद यादव ज्युले संयाेजन गरि सफल रुपमा रक्तदान कार्यक्रम गराउन सफल भएका छन । जसमा स्माईलि हाेटेल रेस्टुरेन्ट एण्ड बार प्रा.लि द्वारा काेराेनाकाे सुरक्षितलाई मध्येनजर गरि रक्तदाताहरुलाई मास्क वितरण गरिएका थियाे ।

“सम्पुर्ण रक्तदाता लगायत, साथ र सहयाेगहरुलाई धन्यवाद दिन चाहन्छु” संयाेजक यादवले भनु भयाे । कार्यक्रम सफल बनाउनमा सहयाेग गर्नु भएकाे लहान नपा वडा नम्बर ८ का अध्यक्ष, ” रगत अभावलाई ध्यानमा राखेर बिरामीहरुले भाेग्दै गरेकाे समस्या केही हद सम्म समाधान गर्न काेसिस गरेका छाै ।” जसमा ब्लड फर नेपालले आयाेजना गरि हामीलाई पनि जीवन राक्षाकाे निमित्त महत्त्वपूर्ण भाग हुन पाएकाेमा खुशि छाै ।

सम्पूर्ण टिम र रक्तदाताहरुलाई धन्यवाद र अगामि दिन पनि रक्तदान कार्यक्रम गराउने छु भने प्रतिबद्ध छु ।

“काेराेनाकाे महामारीसँगै लकडाउनमा रक्तदान गराउनमा महत्त्वपूर्ण भुमिका खेल्ने ब्लड फर नेपाल टिम सिरहाका सक्रिय सदस्य बिनाेद यादव लगायत सम्पूर्ण सहयाेग र कार्यक्रमका वास्तविक नायक रक्तदाताहरुलाई हृदय देखि नमन छ” भने ब्लड फर नेपालका संस्थापक सराेज कुमार महताे ले थप्दै भन्नु भयाे, ‘रगत व्यवस्थापनमा हामी हरेक समय सक्रिय रहि रहेका छाै र रहने छाै ।’ यो न्युज शिरीष न्युजबाट सभार गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय