हाम्रो जनकपुर / जनकपुरधाम : महोत्तरी जिल्लाको लोहरपट्टी वडा नम्बर ४ मा दाहा मेला लगाउने मुस्लिम समुदायका व्यक्तिहरु प्रहरीमाथि आक्रमण गरेको छ । प्रहरीसँग पटक पटक झडप भएको हो ।

मेला रोक्न गएका प्रहरीमाथि मुस्लिम युवकहरुले ढुङ्गामुढा गरेका छन् । ढुङ्गा लागेर एक प्रहरीको टाउको फुटेको छ । त्यसपछि आक्रोसित बनेका प्रहरी लाठीचार्ज गरेको बताइएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको अवज्ञा गरी मेला लगाएपछि प्रहरी रोक्न पुगेका थिए । सोही क्रममा झडप भएको स्थानीय एक युवकले जनाए ।

उनका अनुसार अहिले मुस्लिम समुदायका व्यक्तिहरु घरेलु हतियार लिएर प्रहरीलाई लखेट्ने तयारीमा लागेका छन् । प्रहरीको संख्या कम रहेका कारण संयमता अपनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय