हाम्रो जनकपुर / औरही,महोत्तरी । महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको झोकमा एक दलित महिलालाई निर्धात रुपमा कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ बर्षिया पासोदेवी मण्डललाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।आइतबार विहानको समयमा ऋण फिर्ता माग्दै घरमा आएका स्थानिय विजय चौधरी, सन्तोष चौधरी, लगायतले महिलालाई निर्धात रुपमा कुटपिट गरेको हो ।पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि पासोदेवीले लगाएको कपडा त्याती कुटपिट गरेको पिडित महिलाकी पति गुदरी मण्डलले बताए । दुई बर्ष अगाडि विजय चौधरीसँग पासोदेवीले प्रति वजार एक हजार रुपैयाँ व्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिए ।पैसा लेनदेनको सम्बन्धमा वसेर छलफल गर्न भनेतापनि चौधरी दाजुभाईले कुरै नमानि महिला उपर ज्याय लागेको शारिरीक रुपले अपागं रहेको बासुदेव मण्डलले बताएका छन । आफुले चाहेर पनि महिलालाई बचाउन नसकेको मण्डलले संचारकर्मीसमक्ष बताए । घटना घटेपछि पिडित मण्डल उजुरी दर्ताका लागि प्रहरी चौकी औरहीमा गएपछि त्यहाँ उजुरी दर्ता भएन ।घटनाको सम्बन्धमा पिडितकोतर्फबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय