हाम्रो जनकपुर / रौतहट । दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः रौतहटमा एक महिलाको हत्या गरिएको खवर बाहिर आएको छ ।
आज (आईतबार) साझ रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा कुटपिट गरी सलले घाँटीमा बेरिएर उखु बारिमा मारेको अबस्थामा शव फेला परेको बताइएको छ ।

गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने सकल बैठाको ४० वर्षिया श्रीमति मिन्त्री देवि बैठाको कुटपिट गरी सलले घाँटीमा बेरेर हत्या गरेको अवस्थामा भेटिएको हो ।
आजै बिहान करिब ११ बजे घाँस लिन घरबाट निस्केको मिन्त्रीलाई एकान्त स्थानमा रहेको उखु बारिमा उनले लगाएको पछ्यौरीले घाँटिमा बेरेर मारेको बताइएको छ ।

उनको शव एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ । पोस्टमार्टम रिपोर्टबाट केही खुल्ने प्रहरी स्रोतले जनाएको छ।रौतहटमा पन्ध्र दिन भित्र माधबनारायण नपामा पुजारी श्रीराम साहको गोलि हानी हत्या ,गरुडा नपामा दलित युवक निरन्ज रामको घाँटी रेटि हत्या ,निरन्जन कै हत्या आरोपमा पक्राउ परेको ७ मध्ये एक बिजय रामको प्रहरी हिरासतमै हत्या र आज भएको दलित महिला मिन्त्रा बैठाको हत्याले रौतहटको शान्ती सुरक्षा उपर प्रश्न चिन्ह खडा भएको छ ।
जिल्लाको सिमाबर्ती नाकाबाट तस्करी कार्य बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय