हाम्रो जनकपुर / रौतहट । प्रहरी हिरासतमा दलित युवकलाई चरम यातना दिएर प्रहरीद्धारा हत्या गरिएकोमा शनिवार रौतहटको गरुडामा दोषि प्रहरीलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन् ।
स्वस्फूर्त रुपमा दलित समुदाय सहित अन्य समुदायका महिला तथा पुरुषहरु प्रहरी ज्यादतीको चर्को विरोध गर्दै दोषि प्रहरीलाई कारवाही, मृतकलाई उचित क्षतिपुर्ती, निष्पक्ष रुपमा छानविन सहितको माग गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना दिई घेराउ प्रदर्शन गरेका हुन् ।रौतहटको गरुडा नपाको बसविटी जिगडियाका २० बर्षिय युवक निरञ्जन रामको बितेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले निर्दोष व्यक्तिलाई समातेर चरम यातना दिई हत्या गरेको सकार गराउन खोज्दा यातनाबाट आहत भएको १९ बर्षिय युवक विजय रामको उपचारको क्रममा नेशनल मेडिकल कलेज विरगंजमा बुधवार राति मृत्यु भएपछि दलित समुदायहरु आक्रोशित भएर रौतहट प्रहरीका एसपी रबीराज खड्का, इप्रका गरुडाका डिएसपी ज्ञानकुमार महतो सहित यातनामा संलग्न प्रहरीहरु माथि तत्काल कारवाहीको माग गर्दै आन्दोलन दलित समुदायले चर्काएका छन् ।
निरञ्जन राम हत्याकाण्डमा इलाका प्रहरी कार्यालय गरुडाले भदौं १ गते राति विजय रामलाई समाती मानवअधिकारको घोर उलंघन गर्दै प्लाष्टिक पाईप, रड, फामको डण्डी बाट निर्घात कुटपिट गर्दा पनि हत्या गरेको सकार नगर्दा विद्युतिय करेन्ट लगाई चरम यातना दिदा उनको अवस्था विग्रपछि प्रहरी निगरानीमा नेशनल मेडिकल कलेज विरगंजमा उपचारको क्रममा बुधवार राति १ बजेको समयमा मृत्यु भएपछि दलितहरु प्रहरी ज्यादती प्रति आक्रोशित हुदै नेपाल सरकार संग जिम्मेवार प्रहरी अधिकृतहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
पूर्व राज्य मन्त्री विसेन्द्र पासवानले बारम्बार दलित माथि भईरहेको चरम ज्यादती प्रहरीले गरेर दलितको हत्या गरिरहेको गम्भीर आरोप लगाउदै इलाका प्रहरी कार्यालय अगाडि रिले अनसन बसेका छन। यहाँका डिएसपी, एसपी सहितका प्रहरी अधिकारीहरुलाई निलम्बन गरी मृतकलाई उचित क्षतिपुर्ती नदिएसम्म अनसन ,धर्ना, घेराउ, प्रदर्शन जारी रहने बताए । गृह मन्त्री रामबहादुर थापा सहितका संघय मन्त्रीमण्डलका सदस्यहरु गरुडा घटनालाई उचित सम्बोधन नगरिए देशभरी नै दलित आन्दोलनको थालनी हुने र सोको जिम्मेवार राज्य हुने चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारी र सर्वदलिय बैठकको अवज्ञा
एकको घाँटी रेटि हत्या र नवयुवकको हिरासतमै आकस्मिक मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुबै मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर निर्णयमा दलित अगुवाहरुले असन्तुस्टि जनाउदै प्रदर्सन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी ९सिडिओ० इन्द्रदेव यादवको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकले आठ बुँदे निर्णय गर्दै विजय रामको पोस्टमार्टम रिपोर्ट आएपछि र गृह मन्त्रालयको छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुवैको आधारमा सम्बन्धित सरोकारबालासित छलफल गर्ने, दुबै परिवारलाई आर्थिक सहयोग गर्न गरुडा नगरपालिकालाई आग्रह गर्ने, थप आर्थिक सहयोगको लागि केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय सहित प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएको घटनाको छानबिनको लागि राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोग समेतको सहभागिता रहने गरी उच्चस्तरीय छानबिन आयोग गठनका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको गरिएको थियो ।
सर्वपक्षीय बैठकमा सुरक्षा समितिका सम्पूर्ण सदस्य, केही नगरपालिकाका प्रतिनिधि, मानव अधिकार आयोगको प्रदेश कार्यालयका प्रतिनिधि तथा दलित प्रतिनिधि र मृतकको परिवारका तर्फबाट पनि प्रतिनिधिको सहभागिता रहेको थियो ।
छानबिन प्रतिवेदन र मृतकको पोस्टमार्टम रिपोर्ट नआएसम्म निषेधाज्ञालाई विचार गर्दै संघर्षका कार्यक्रम रोक्ने निर्णय पनि गरिएको थियो ।तर आफुहरुलाई थाहै नदिई पिडितको मर्म र भावना बिपरित बसेको बैठकको निर्नय कदापी स्विकार्य नहुने भन्दै पुर्व सासन्द राम प्रीति पासवानले आफुहरुको आन्दोलन जारी रहेको बताए ।पासवानले डि।एस ।पि ज्ञान कुमार महतो र उसको इसारामा चलेको प्रहरीलाई हिरासतमा लिनुपर्ने आफुहरुको पहिलो अडान रहेको प्रष्ट पारे ।
बिबादित डिएसपी प्रदेश तानियो
यसैबीच प्रहरी प्रधान कार्यालयले डिएसपी महतो काज फिर्ता गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुर पठाएको छ ।प्रहरीको कुटपिटबाट गम्भीर घाइते बनेका रामको अवस्था बिग्रेपछि उपचारको लागि बिरगंज लगिएको थियो । बिरगंजमा उनको गत बुधबार राती नेशनल मेडिकल कलेजमा उनको ज्यान गएको थियो ।दलित युवकको ज्यान गएपछि अधिकारकर्मीहरुले प्रहरीमाथि दवाब दिदै काठमाडौं टिचिङ अस्पतालमा उनको पोस्टमार्टम गरिएको छ । पीडितले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाका दोषीलार्इ कार्यवाही नहुन्जेल शव नबुझ्ने दलित अधिकारकर्मी धर्मेन्द्र पासवानले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय