यसरी किसानलाइ दुख र व्यपारीलाई सुख दिइरहेका प्रहरीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

जनकपुरधाम । बाढी र लकडाउनको चपेटामा परेको गरिब किसानसँग कानुनी रुपमा ल्याउने मलमा पनि प्रहरीका घुमुवा असुली गर्ने गरेको खुलेको छ ।

धनुषाको सबैला प्रहरीका घुमुवा प्रहरी जवान शिवशंकर यादव गरिब किसानहरुबाट जबरदस्ती बाटोमा रोकेर रकम असुली गर्दै गरेको खुलेको छ ।

यतिबेला लकडाउनको मारमा परेका किसानहरुलाइ धनुषाकै इलाका प्रहरी कार्यालय सवैलाका जवान यादवले परिक्रमा सडक अन्तर्गत शुक्रबार एक किसानसंग खुलेआम २०० रुपैया घुस दिनैपर्छ भनी कर गरेपछी उक्त किसानले दुई सय दिन बाध्य भएको ब्यहोरा सुनाए।

प्र २ ०३ ००८ प ८४०० ब्यक्तिगत मोटरसाइकलमा सवार जनपदका जवान शिवसंकर यादवले यतिबेला किसानलाई बाटोमा रोकेर सताउने गरेको छ ।

यादवले परिक्रमा सडक अन्तर्गत सवैला नगरपालिका वडा नं. ७ को मटहीमा रोकिएका एक किसान संग स्थानिय आसाराम सहनी मार्फत दुई सय रुपैया लिएको स्थानिय युवाहरुले जनाएका छन।

यसरी किसानलाइ दुख र व्यपारीलाई सुख दिइरहेका प्रहरीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । सभार स्रोत न्यूज ब्यूरो मा समाचार लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय