हाम्रो जनकपुर / सिरहा,लहान : सिरहाको कल्याणपुर ५ का विन्देश्वर महतो पैसा कमाउने सपना बोकेर मलेसिया उडेका थिए । तर उनी शुक्रवार बाकसमा बन्द भएर फर्किए । साउन ३२ गते मलेसियमा ह्दयघात भएर मृत्यू भएको थियो ।

गैरआवासीय मधेसी संघ मलेसिया र विभिन्न संघसंस्थाको पहलमा महतोको शव घर आएपछि हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन् । करिब ९ महिना अगाडी उनी ऋण लिएर मलेसिया पुगेका थिए । तर ऋण तिर्न नपाउँदै उनको मृत्यू भयो ।

शुक्रवार उनको शव आएपछि घरमा ठूलो भिड लागेको थियो । स्थानीय मुकेश यादबका अनुसार विन्देश्वरको मृत्यूले चिकना गाउँ नै शोकमा डुबेको छ । आर्थिक अवस्था कमजोर रहेका कारण उनका छोरा–छोरीको विजोग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय