समाजिक सञ्जाल फेसबुक बाट तस्बिर

हाम्रो जनकपुर / बाँके । बाँके प्रहरीले १३ बर्षे वालक अपहरण गरी १० लाख फिरौति रकम माग गर्ने अपहरणकारीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका ५ रजवा गाउँ वस्ने १३ बर्षिय वालक इसहाक जाकिर भन्ने ईन्तजार खाँलाई भदौ ११ गते अपहरण गर्ने नेपालगन्ज उपमहानगरपालिका १६ का कल्लु भन्ने कलिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको बुवाले जग्गा खरिद गर्नको लागि रकम जम्मा गरेको थाहा पाएपछि अपहरणकारी नाताले पीडितको भिनाजु पर्ने कलिम खाँले १० लाख रकम फिरौति लिनका लागि वालक अपहरण गरेको प्रहरीले जनाएको छ ।

पीडितको घरपरिवारबाट अपहरणकारीले फिरौति रकम माग गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरि भदौ ११ गते जयसपुरस्थित पिडितको फूपुको घरबाट वालकको उद्दार गरिएको थियो ।

साभारः AK

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय