हाम्रो जनकपुर / । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा रहेको अबैध काठ सहित दुई वटा ट्रक्टर पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुर बाट सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङको नेतृत्वमा रहेको टोलिले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरमा अबैध रुपमा फडानी गरी ना ५ त ३९५४ र ना ७ त २०२७ नम्बरको दुई वटा ट्रयाक्टरमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य १३ लाॅखको (काठ र ट्रयाक्टर सहित)४०(चालीस)थान गोलीया अ.१५० क्यु फिट सिमल(कपोक)को काठ पक्राउ गरेको हो। सशस्त्र प्रहरीको टोलीलाई देखि तस्करहरुले ट्रयाक्टर र काठ छाडी भागेकोले पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले दाबी गरेको छ।

पक्राउ गरिएको काठ सहित ट्रेक्टर लाई आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय बसन्तपुरमा पठाईएको सशस्त्र प्रहरी निरीक्षक तमाङले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय