• पवन प्रसाद साह

हाम्रो जनकपुर / वीरगञ्ज ,पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा का उपाध्यक्ष अवध किसोर साह कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।
विगत १८ दिनदेखि कोभिड-१९ बाट सङ्क्रमित भइ नारायणी उपक्षेत्रीय अस्पताल को Covid गण्डक अस्पताल को आइसोलेसनमा उपचार्थ रहेका पर्सा उपाध्यक्ष साह शुक्रवार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमा उपाध्यक्ष साह को रिपोर्ट नेगेटिभ आएको उपाध्यक्ष साह ले जानकारी दिए । उपाध्यक्ष साह बुधवार पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए ।
उपाध्यक्ष साह श्रावण २४ गते कोरोना सङ्क्रमित भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आइडीबाट आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका थिए ।
उपाध्यक्ष साह कोरोना सङ्क्रमण पुष्टि हुँदा नारायणी उपक्षेत्रीय अस्पताल को covid गण्डक अस्पताल आइसोलेसनमा रहेर उपचार गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय